अन्तिम खेलमा एनआरटीको जित

बुधबार, असार २९, २०७९
Global Ime Bank

काठमाडौैं । प्रि-सिजनका लागि थाइल्यान्ड र मलेसिया भ्रमणमा पुगेको न्युरोड टिम एनआरटीले अन्तिम खेलमा जित निकालेको छ । बुधबार भएको अन्तिम खेलमा एनआरटीले थाइल्यान्डको थोनबुरी युनाइटेडलाई २१ अन्तरले पराजित गरेको हो । एनआरटीको जितमा विदेशी खेलाडी मेसौउके र दीपेश घलेले एक-एक गोल गरे । 

खेलमा अग्रता भने थोनबुरीले लिएको थियो ।  उसका किटिपोङ सइङपोङले ३२औं मिनेटमा अग्रता दिलाए । तर, मेसौउकेले ५३औं मिनेटमा बराबरी गोल फर्काए । पाएको पेनाल्टी सदुपयोग गर्दै दीपेशले ७६औं मिनेटमा विजयी गोल गरे । यो खेलसँगै मलेसिया र थाइल्यान्डमा रहेको एनआरटीको प्रि-सिजन सकिएको छ । उसले यस क्रममा पाँच खेल खेल्यो । अघिल्ला चारै खेलमा एनआरटी पराजित भएको थियो ।

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार