प्रहरीका लागि हतियार खरिदबारे एमालेले माग्यो सरकारसँग जानकारी 

बुधबार, असार २९, २०७९

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ग्लोबल बोलपत्रबिना हतार हतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको छ ।  
एमालेका सांसद खगराज अधिकारीले आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर सामान ल्याउन लागिएको आरोप लगाउँदै ती सामान खरिद गर्नुपर्ने आवश्यकता हो होइन, ती सामान नेपाल प्रहरीबाट माग भएको हो होइन ? सोबारे सदनलाई स्पष्ट जानकारी गराउन माग गरे । 

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  ११:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार