सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ राष्ट्रियसभाबाट सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियो्स् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले तेजाब तथा घातक रासायनिक पदार्थ औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा अत्यावश्यक रहे पनि यसको दुरुपयोगले समस्या ल्याएकाले तेजाब तथा घातक रासायनिक पदार्थ नियमन गर्न कानून ल्याइएको बताए । तेजाब र घातक रासायनिक पदार्थको उत्पादन, आयात, निर्यात, भण्डारण, बिक्री वितरण र उपयोगलाई नियमन तथा व्यवस्थापन गर्न विधेयक प्रस्ताव गरिएको जनाउँदै उनले विधेयक पारित भएसँगै तेजाब तथा घातक पदार्थको दुरुपयोग नियन्त्रण हुने तथा यसको दुरुपयोग गर्नेलाई आवश्यक कारबाही हुने बताए । विधेयकमा औद्योगिक प्रयोजनका लागि मात्र अनुमतिपत्र लिन पाउने, अनुमति पत्रको अवधि पाँच वर्षको हुने, अवधि सकिनु पैंतीस दिनअघि अनुमतिपत्र नविकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादकले चेतावनीमूलक सन्देश उल्लेख गरी उत्पादन गर्नुपर्ने, अठार वर्ष उमेर पूरा भएको व्यक्तिलाई बिक्री वितरणमा लगाउन नपाउने व्यस्था गरेको छ ।
विक्रीको अभिलेख एक वर्षसम्म राख्नु पर्ने अभिलेख नराख्नेलाई दश हजार रुपैयाँसम्म जरिवाना गर्ने तेजाबको गलत प्रयोग रोक्न कडा खालको दण्ड सजायको व्यवस्था पनि विधेयबमा गरिएको छ । असरको मात्रा हेरेर क्षतिपूर्ति पीडकबाटै भराइने छ । ज्यू ज्यानमै तलमाथि भए अदालतले तोके बमोजिमको क्षतिपूर्ति पीडकबाट भराउने व्यवस्था पनि विधेयका गरिएको छ ।
पाँच विधेयक टेबुल राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त पाँच विधेयक टेबुल भएका छन् । ‘फौजदारी कसूर तथा फैजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७६’ र ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ टेबुल भएको हो । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले उक्त विधेयक टेबुल गर्नुभयो । ती विधेयकमाथि राष्ट्रियसभामा छलफल हुनेछ । राष्ट्रियसभाको अर्को बैठक आजै ४५ मिनेटपछि पुनः बस्ने गरी स्थगित भएको छ ।