राष्ट्रियसभा विशेष समय

मंगलबार, असार २८, २०७९

काठमाडौँ । सांसद जीतेन्द्रनारायण देवले वर्तमान सरकारले ल्याएको अर्थनीति सही भएको बताएका छन्  । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले सरकारको अर्थनीतिकै आधारमा नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले पनि मुलुकको अर्थतन्त्र सकारात्मक रुपमा अघि बढेको देखाएको बताए  ।  

    “नेपाल श्रीलङ्काको बाटोमा गएको छैन, नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले सकरात्मक रुपमा अघि बढेको देखाएको छ”, उनले भने , “नेपालले लिएको अर्थनीति सही छ ।” उनले श्रीलङ्काको गलत अर्थनीति, आम भ्रष्टाचार, परिवारवाद र सरकारको गलत व्यवस्थापनले गर्दा अहिलेको अवस्था आएको तर नेपालको अवस्था त्यो नभएको बताए  । “नेपालले कस्ता प्रकृतिका ऋण लिने र कस्ता नलिने भन्ने बारेमा अर्थशास्त्री र राजनीतिक दलले छलफल गर्नुपर्छ”, उनले भने , “वीआरआई, एमसिसी वा अन्य सबै ऋण लिने कुरामा पहिला कस्तो ऋण हो, आवश्यक छ कि छैन भन्ने विषयमा बृहत परामर्श हुनुपर्छ, मित्रराष्ट्रलाई खुसी पार्न होइन ।” 

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार