भारत-इंग्ल्यान्डबीचको पहिलो एकदिवसीय आज

कोहली टिम बाहिर हुन सक्ने
मंगलबार, असार २८, २०७९
Global Ime Bank

काठमाडौैं । इंग्ल्यान्ड र भारतबीचको अन्तरराष्ट्रिय एकदिवसीय श्रृंखला आज (मंगलबार)बाट सुरु हुँदैछ । इंग्ल्यान्डको द ओवलमा हुने खेल नेपाली समयअनुसार साझ पौने ६ बजे सुरु हुनेछ । 

तीन खेलको टी-२० श्रृंखला २-१ ले जितेसँगै भारतीय टिम उच्च मनोबलमा छ । भारत एकदिवसीय खेलमा समेत आयोजक इंग्ल्यान्डलाई दबाबमा राख्ने योजनामा छ । ब्याटर रोहित शर्माको कप्तानीमा रहेको भारत पहिलो खेलमै घरेलु टिमविरुद्ध विजयी चाहन्छ । इंग्ल्यान्डले  अघिल्लो एकदिवसीय श्रृंखलामा नेदरल्यान्डलाई ३-० ले पराजित गर्दै श्रृंखलामाथि  ‘क्लिन स्विप’ गरेको थियो । जुन श्रृंखलाको पहिलो खेलमा इंग्ल्यान्डले ४९८ रन बनाएको थियो । यो नै एकदिवसीय अन्तरराष्ट्रिय खेलमा कीर्तिमानी (एकै इनिङमा सबैभन्दा बढी) स्कोर थियो । 

यता, भारतीय टिमले यसवर्ष जम्मा दुई एकदिवसीय खेल खेलेको छ । पहिलो एकदिवसीय श्रृंखलमा भारतले दक्षिण अफ्रिकाविरुद्धको श्रृंखला ३-० ले ‘क्लिन स्विप’ गरेको थियो । यस्तै, घरेलु मैदानमा भारतले वेष्ट इन्डिजविरुद्धको श्रृंखलामा ३-० ले नै जित निकाल्यो ।  

कोहलीको टिम बाहिर
शिखर धवनको टिममा कमव्याकसँगै ओपनिङमा केही परिवर्तन आउन सक्छ । धवन कप्तान रोहितसँगै ब्याटिङमा उत्रन सक्छन् । यस्तै, पूर्व कप्तान विराट कोहली पहिलो खेलमा टिम बाहिर हुन सक्छन् । आफ्नो लय समात्न नसकेका कोहली हाल ग्रोइनको चोटबाट ग्रस्त छन् । 

कोहली बाहिर रहने स्थिति आए ईशान किसनले प्लेइङमा स्थान बनाउँन सक्छन् । यस्तै, सार्दूल ठाकुर वा प्रसिद्ध कृष्णामध्ये एकले पनि मौका पाउन सक्छन् । 

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १३:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार