कृष्णप्रसाद भट्टराई सफल एवं कुशल राजनीतिज्ञ  : खानेपानी मन्त्री चौधरी

सोमबार, असार २७, २०७९

काठमाडौँ ।  खानेपानीमन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता स्व कृष्णप्रसाद भट्टराई सफल एवं कुशल राजनीतिज्ञ हुनुहुन्थ्यो भनेका छन्  । गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलमा आज पूर्वप्रधानमन्त्री स्व भट्टराईको सालिकको शिलान्यास गर्दै चौधरीले भट्टराई सादा जीवन उच्च विचारका धनी एवं दुरदर्शी नेता रहेको बताए  ।    

    भट्टराईको सालिक शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले स्व भट्टराइले मेलम्चीको पानी काठमाडौँ लैजाने परिकल्पना गरेको  स्मरण गर्दै सो पहल गरेकाले उनको सालिक यहाँ निर्माण गर्न लागिएको बताए ।  गत स्थानीय तहको चुनावअघि नै मन्त्रिपरिषद्को निर्णयबाट सुन्दरीजलमा कृष्णप्रसाद भट्टराईको सालिक बनाउने निर्णय भएको थियो ।

    सोही निर्णयानुसार मेलम्ची खानेपानी विकास समितिले सुन्दरीजलमा पार्कसहितको सालिक बनाउन लागेको हो । विकास समिति साउनदेखि खारेज हुने भए पनि त्यसको संरचना जुन निकायलाई हस्तान्तरण हुन्छ सोही निकायले निर्माण गर्ने गरी शिलान्यास गरिएको हो । पूर्वप्रधानमन्त्रीले सुन्दरीजलमा खानेपानीको उद्घाटन गर्दै गर्दा कृष्णप्रसाद भट्टराईको नामसमेत उच्चारण नगरेकामा दुःख व्यक्त गरे  । 

    मन्त्री चौधरीले मेलम्चीको बाढीपछि बन्द भएको खानेपानीलाई पुनःसञ्चालन गरेको बताउँदै बर्खा सकिनेवित्तिकै पुनःसञ्चालनमा आउनेसमेत बताए  । मेलम्चीको पानी झर्ने सुन्दरीजलमा भट्टराईको पूर्ण कदको सालिकसहित पार्क निर्माण गर्न लागेको खानेपानी मन्त्रालयका सचिव मणिलाल गेलालले बताए  । 
 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार