विद्यार्थीले फोडे त्रिवि उपकुलपति कार्यालयका मेच–टेबल

सोमबार, असार २७, २०७९

काठमाडौं । विद्यार्थी आक्रोसको निशासामा पर्दै आएको त्रिभुवन विश्वविद्यालय सोमबार पनि यस्तै दृश्य देखा प¥यो । केही विद्यार्थीले सोमबार त्रिविका उपकुलपतिको कार्यालयमा प्रवेश गरी त्यहाँ रहेका मेच–टेबल तोडफोड गरेका छन् ।

fod1657545020.jpg समाजवादी पार्टी निकटका विद्यार्थीले तोडफोड गरेको त्रिविका एकजना अधिकारीले शब्दपाटीलाई जानकारी दिए । उता नेविसंघका विद्यार्थीले रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका छन् । केही दिनअघि मात्रै त्रिविमा लामो समयदेखि लागेको ताला खुलेको थियो । शैक्षिक संस्थामाथि तालाबन्दी तथा तोडफोडका घटना निरन्तर भइरहेका छन् । 

todfod 11657545045.jpg

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १५:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार