राप्रपानिकट विद्यार्थी संगठनले शिक्षामन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र

सोमबार, असार २७, २०७९
मयुर प्लाई

काठमाडौं । राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले शैक्षिक क्षेत्रका समस्या समाधान गर्न ११ बुँदे माग सरकारलाई बुझाएको छ । 

संगठनका प्रतिनिधिले सोमबार शिक्षामन्त्री देवेन्द्र पौडेलसँग सिंहदरबारमा भेट गरी शैक्षिक क्षेत्रका समस्या समाधान गर्न ११ बुँदे माग राखेर ज्ञापनपत्र बुझाएको हो । गत १ असारमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजनीतिक, समसामयिक र जनजीविकासँग सम्बन्धित २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्नो माग सम्बोधन गराउन १३ असारदेखि दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

उसको भ्रातृ संगठनले पनि शिक्षासँँग सम्बन्धित् विभिन्न ११ बुँदे माग राखेर सरकारलाई ज्ञापनपत्र बुझाएको हो । 

291965008_561667418938104_2941822853118576967_n.jpg1657526866.jpg

293059805_783906749434788_6008329806027977449_n.jpg1657526865.jpg

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार