नागरिकता विधेयकमा सहमति खोज्न सरकारको कसरत  

शीर्ष नेतृत्वसँग गृहमन्त्रीले बढाए छलफलका रफ्तार 
सोमबार, असार २७, २०७९

काठमाडौं । संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएको सरकारले यसमा सर्वपक्षीय सहमति जुटाउन छलफललाई तीब्रता दिएको छ । यसको नेतृत्व सरकारका गृहमन्त्री बालकृष्ण खाँणले लिएका छन् । गृहमन्त्री खाँणले सोमबार सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा पुगेर गृहमन्त्री खाँडले छलफल गरेका हुन् र भेटमा सरकारले संसद्मा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको थियो । छलफल सकारात्मक भएको गृहमन्त्री खाँणले जानकारी दिए ।
उक्त विधेयकमा सहमति जुटाउन गृहमन्त्री खाँणले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन् । आइतबार साँझ उनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग उनकै निवास बालुवाटारमा भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १०:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार