अजिङ्गरले जिउदै बाख्रा खायो

सोमबार, असार २७, २०७९

उदयपुर ।  चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा आइतबार दिउँसो अजिङ्गर फेला परेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरस्थित सामुदायिक वनमा  अजिङ्गर भेटिएको हो । अजिङ्गरले एउटा बाख्रो खाएको छ । प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ । 

ajingar-11657508742.jpg

अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बोका खाएको हो । अजिङ्गरलाई कोशी टप्पु आरक्षमा लगेर छोडिने डिभिजन वन कार्यालय उदयपुरका रेन्जर पुन्य पौडेलले जानकारी दिए ।

ajingar-21657508776.jpg

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  ०८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार