माधव नेपालले दिए इदको शुभकामना

आइतबार, असार २६, २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विभिन्न समुदायका चाडपर्व र धर्म–संस्कृतिले  राष्ट्रिय एकतालाई बलियो बनाएको बताएका छन् ।  मुस्लिम समुदायको इद–उल–अजाह (बकर–इद) पर्वका अवसरमा उनले विज्ञप्ति जारी गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हुनुका साथै धार्मिक सहिष्णुताको चेतनाका दृष्टिले नेपाली समाज उदाहरणीय रहेको छ भने । 
भातृत्व र पारिवारिक मिलनका साथै मानवीयताको पर्वका रूपमा मनाइने इद–उल–अजाहले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने  पूर्वप्रधानमन्त्री नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  उनले विज्ञप्तिमा इस्लाम धर्मावलम्बीसहित स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् । 
मुस्लिम समुदायका समस्या समाधान गर्दै समाजवादको आधार तयार गर्ने तथा आपसी सद्र सहिष्णुता अभिवृद्धि गरी प्रगतिशील समाज निर्माण गर्न यस पर्वले सबैलाई प्रेरणा प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार