बुढीगंगा नगरपालिकामा निर्वाचन सम्पन्न

६६.८३ प्रतिशत मत खस्यो !
बिहीबार, असार २३, २०७९

बाजुरा  ।गत वैशाख ३० गते स्थगित गरिएको बुढिगंगा नगरपालिको निर्वाचन कडा सुरक्षाकाबिच असार २३ गते सम्पन्न भएको छ ।विहान ७ बजेदेखिे नगरपालिकाका १० ओटा वडामा सुरु भएकोे मतदान कार्य निर्धारित समय मै समान्य विवादकाबिच शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।१३ हजार ६ सय ५९ मतदाता रहेको यस नगरपालिकामा कुल मतदाताको ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले बताउनु भयो । कूल १३,६५९ मतदातामा ९,१२८ मत खसेको हो ।photo20220707bajura-51657241048.jpg

बुढिगंगा नगरपालिका वडा नम्बर ९ को त्रिशक्ति माविमा रहेको मतदान केन्द्रमा सामान्य विवाद भएपछि प्रहरीले थप झड्प हुन नदिन हवाइ फायर गरेको भएपनि अन्य ठाउँमा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनु भयो  ।त्रिशक्ति मावि मतदान केन्द्रमा नेकपा एमाले र गठबन्धनका उम्मेदवारबिच दोहोरो झडप हुँदा ३५ मिनेट मतदान रोकिएको थियो ।

दोहोरो झडपमा गठबन्धनकातर्फबाट वडाध्यक्षका उमेदवार भरत थापा र मतदाता सिता थापालाई सामान्य चोट लागेको छ ।चोट लागेका दुबै जनालाई स्थानीय मतदान केन्द्रमा रहेका स्वाथ्यकर्मीको टोलीले सामान्य उचारपछि पुनः मतदान कार्य सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले बताउनु भयो ।

निर्वाचन सम्पन्न भएपछि १९ ओटै मतदान केन्द्रबाट मतपेटका बुढिगंगा नगरपालिकाको कार्यालयमा ल्याउने कार्य सम्पन्न भएपछि सर्वदलिय बैठक बसाएर बैठकको सहमतिको आधारमा मतगणना सुरु गरिने मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।बुढिगंगा नगरपालिकामा रहेका १० ओटा मतदानस्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी एउटा मतदानस्थलमा १ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गर्नु भएको थियो ।

१० ओटा मतदानस्थल र १९ ओटा मतदान केन्द्र रहेको यस नगरपालिकामा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र नेकपा एमालेबाट रामबहादुर बानियाँले नगरप्रमुखमा उम्मेदवार रहेका छन् । काँग्रेसका उम्मेदवार खातीलाई गठबन्धनको समेत समर्थन रहेको छ ।

बुढीगंगा नगरपालिकामा वैशाख ३० गते निर्वाचन भएको भएपनि विवादका कारण पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो ।गत वैशाख ३० गते भएको निर्वाचनमा बुढीगंगा नगरपालिकाका १० वडा मध्ये वडा नम्बर २, ३, ४, ५, ७ र ९मा विवाद भएको थियो ।

नगरपालिकाका वडा नम्बर २, ३, ५ र ९ मा रहेका मतदानस्थल नेकपा एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएको आरोप थियो भने वडा नम्बर ४ र ७ नेपाली कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिएर आफू अनुकूल मतदान गरेको आरोप लागेको थियो ।

नगरपालिकाको वडा नम्बर ४ मा बुथ कब्जा गरेर ९९ दशमलव ४१ प्रतिशतसम्म मत खसाइएको थियो । एमालेले कब्जा गरेका भनिएका २, ३, ५ र ९ मा प्रहरीले मतपटिका मतदान केन्द्रमै छाडेर हिँडेका थिए भने नेपाली कांग्रेसले कब्जा गरेको भनिएका ७ र ९ नम्बर वडामा प्रहरीले संरक्षण गरिरहेको थियो ।

बुढीगंगाको विवाद अध्ययन गर्न निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोलीले स्थलगत अध्ययनपछि निर्वाचन आयोगले नगरपालिकाको चुनाव स्थगित गरेर पुनःनिर्वाचन गर्ने निर्णय गरेको थियो ।बुढीगंगा नगरपालिकामा सम्पन्न भएको निर्वाचनमा इन्सकेले निर्वाचन अयोगबाट अनुमति प्राप्त गरेका पर्यवेक्षकहरुले समेत पर्यवेक्षण गरेका छन् । सोही आधारमा इन्सेकले प्ररम्भिक प्रतिवेदन समेत प्रकाशन गरिसकेको छ । photo20220707bajura-61657241098.jpg

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १९:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार