बुढीगंगा नगरपालिकाको चुनाव सम्पन्न

बिहीबार, असार २३, २०७९

सुर्खेत ।  स्थानीय तहको निर्वाचन हुन बाँकी एक मात्र स्थानीय तह बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । बिहान ७ बजेबाट मतदान सुरु भएकोमा बेलुका ५ बजे मतदान सम्पन्न भएको छ । 

बुढीगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवाद पछि प्रहरीले थप झडप हुन नदिने हवाई फायर गरेको सहायक  जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए । 'अन्य ठाउँमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ,’ उनले भने, 'त्रिशक्ति मतदान केन्द्रमा ३० मिनेट जति मतदान रोकिए र पुनः मतदान भएको छ ।'नगरपालिका १३ हजार ६ सय ५९ मतदातामध्ये कुल मत ६६. ७५ प्रतिशत मत खसेको मुख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।  

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार