साउन १ बाट श्रोतमै फोहर छुट्टयाउन गोदावरी नगरपालिकाको आग्रह 

बिहीबार, असार २३, २०७९

ललितपुर । गोदावरी नगरपालिकाले फोेहरमैलालाई श्रोतमै बगीकरण गर्न नगरवासीमा आग्रह गरेको छ । नगरप्रमुख गजेन्द्र महर्जनले एक विज्ञप्ति जारी गर्दै नगवासीलाई फोहोरको वर्गीकरण गर्न आग्रह गरेका हुन् । ‘फोहोर मैल हामी सबैको हातबाट निष्काशन हुने वस्तु भएकाले सहि व्यवस्थापन गर्न श्रोतमा नै फोहर मैला छुट्याउने जिम्मेवारी र कर्तव्य हामी सबैको हो,’ नगर प्रमुख गजेन्द्र महर्जनले विज्ञप्तिमा भनेका छन् । 
उपत्यकाको फोहर व्यवस्थापनका लागि शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र ल्याण्डफिल्ड सरोकारवालाबीच सम्झौता भए अनुसार फोहर मैला श्रोतमा नै वर्गाीकरण गर्नुपर्ने भएकाले २०७९ साउन १ गते देखि लागू हुने गरी आदरणीय नगरवासी ज्यूहरुले कुहिने र नकुहिने फोहर मैला  छुट्याएर दिनु हुन हार्दिक अनुरोध गर्दछौ’ नगर प्रमुख महर्जनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
जारी सूचनामा फोहर मैला ऐन २०६८ र नियमावली २०७० नगर क्षेत्र भित्रका फोहर मैलालाई श्रोतमा नै छुट्याउने स्पष्ट उल्लेख गरिए पनि हालसम्म कार्यान्वयन हुन नसकेको उल्लेख पनि विज्ञप्तिमा  गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार