साझा यातायातले सुरु गर्यो राजधानीमा विद्युतिय बस

बिहीबार, असार २३, २०७९

काठमाडौं । साझा यातायातले आजबाट राजधानीमा विद्युतिय बस सञ्चालनमा ल्याएको छ । सुरुवाती परिक्षणको रुपमा तीन वटा बस आजबाट सञ्चालनमा ल्याइएको हो । 

थप ३७ थान विद्युतिय बस आगामी साउन मसान्तसम्म भित्रिने आज एक विज्ञप्ति जारी गर्दै साझा यातायातले जनाएको छ । 

साझाको विद्युतिय बसको ‘सफ्ट लन्च’ आज साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाबाट गरिएको थियो । 

‘नेपाल सरकारले २०७६ असार ३१ मा विद्युतिय परिवहन प्रवर्दन गर्न साझा यातायात सहकारी संस्था लि.मा ३ अर्ब रुपैयाँ लगानि गर्नाले यस संस्थालाई विद्युतिय बसको ‘फ्लिट’ निर्माण गर्न सम्भव भएको हो,’ साझाले विज्ञप्तिमा भनेको छ । 

व्याट्रिबाट चल्ने बस प्रविधि नयाँ भएकोले साझा यातायातले विभिन्न चरणमा विद्युतिय सवारी भित्राउने योजना बनाएको छ । 

पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरि ८.५ मिटर लम्बाईको ४० बस खरिद गरिएका छन् जुन चिनको नानजिङ्ग सहर स्थित सिएचटिसि’ कम्पनीको उत्पादन हुन् । 

दोश्रो चरणमा १०–१२ मिटर लम्बाईको विद्युतिय शहरी बस तथा लामो दुरीको विद्युतिय बस खरिदको प्रक्रिया अगाडि बढिसकेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार