असहाय गाईबाच्छालाई संरक्षण

बिहीबार, असार २३, २०७९

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब २०० असहाय गाईबाच्छाले संरक्षण पाएका छन् । ‘असहाय गाईबाछा संरक्षण अभियान’अन्तर्गत २०० सडक गाईबाच्छाले आश्रय पाएकामा तिनलाई सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । असहाय गाईबाच्छा संरक्षण अभियानमा जनचासो बढ्ने क्रम जारी छ । 
अबोध प्राणीलाई खाद्यान्न र उपचारका लागि सहयोग गर्न जन्मदिनको अवसरमा सामाजिक अभियानकर्मी दीपकसिंह भण्डारीले गोकर्णेश्वर धार्मिक समितिको विशेष कार्यक्रममा रु २५ हजारको थैली प्रदान गरे । जन्मदिनका अवसरमा उनले यसअघि पनि निरन्तर गाईबाच्छा संरक्षण अभियानमा सहयोग गर्दै आएका थिए । लायन्स क्लब अफ वासुकी तथा लायन्स क्लब अफ गगनको तर्फबाट समेत पदस्थापनाको अवसरमा रु १५ हजार उपलब्ध भएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए ।    
यस्तै गाईबाछा संरक्षणका लागि जन्मदिनका अवसरमा जगदिश अर्यालले रु पाँच हजार पाँच सहयोग गर्नुभएको छ । कागेश्वरी मनोहरा नगरपालिका गोठाटारका राजनीतिक तथा सामाजिक अभियानकर्मी उद्धब दाहालले जन्मदिनको अवसरमा रु पाँच हजार पाँच सहयोग गरेका छन् । गाईबाछाको उपचारका लागि जन्मदिनका अवसरमा सामाजिक अभियानकर्मी रामकृष्ण बरालले रु तीन हजार सहयोग गरेका छन् । 
यस्तै गौशालाका शैषव खनालले गाईबाच्छाको भोजनका लागि रु पाँच हजार र अच्युत पौडेलले रु पाँच हजार सहयोग गर्नुभएको छ । कागेश्वरी मनोहराकी स्व नर्मदा पुडासैनीको स्मृतिमा छोरा उपास र छोरी सुनिताले रु पाँच हजार पाँच उपलब्ध गराएका छन् । जन्मदिनको अवसरमा लायन सुरेन्द्र बलायर र सामाजिक अभियानकर्मी विमल अर्यालले जनही रु पाँच हजार सहयोग गरेका छन् । 
यसैगरी अभियन्ता प्रमेश अधिकारीले समेत असहाय गाईबाच्छाको भोजनका लागि रु तीन हजार उपलब्ध गराएका छन् । अभियानले २०७५ जेठ १ गतेदेखि असहाय गाईबाच्छा संरक्षणका लागि अभियान सञ्चालन गर्दै आएको हो ।–रासस 
 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  ०८:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार