उदयपुरका दुई बालिका सुनकोशी नदीमा बेपत्ता

बिहीबार, असार २३, २०७९

उदयपुर ।  उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका(१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका छन् । बुधबार दिउँसो गाई गोठाला जाँदा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएको त्रियुगा नगरपालिका– १४ का वडाध्याक्ष हिमराज मगरले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  ०७:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार