सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोमले आफ्ना ग्राहकहरूलाई एक÷एक रुपैयाँ लाख वितरण गरेको छ । पुरस्कार राशी डिशहोमका डिलरदाई स्ट्रोम नेटवर्क प्रा.लिका मंगल गुरुङ तथा डिशहोमका क्षेत्रीय विक्री प्रबन्धक उज्वल न्यौपानेको उपस्थितिमा वितरण गरिएको थियो । काठमाडौं बालुवाटार निवासी डा.वेदप्रकाश उप्रेति र बत्तिसपुतली निवासी बिन्दा रेग्मीले यो योजनाअन्तर्गत हरेक हप्ता गरिने लक्की ड्रमा एक÷एक लाख रुपैयाँ जित्न सफल भएका थिए । १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले एक लाख रुपैयाँ जित्ने अवसर पनि प्राप्त गर्ने छन् । डिशहोमका ग्राहकहरूले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ । यस लक्कि ड्र हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमको रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभि, नेपा च्यानल, तथा डिशहोम सोकेसमा प्रत्यक्ष प्रशारण हुने गर्दछ ।