सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विम्बल्डनको फाइनल प्रवेशका लागि नोभाक जोकोभिच र क्यारुन नोरीले प्रतिस्पर्धा गर्ने भएका छन् । मंगलबार राति भएको खेलमा नोरीले विश्व नम्बर ५८ का डेविड गोफिनमाथि ३–६,७–५,२–६,६–३,७–५ को जितसहित पहिलो पटक ग्रान्ड स्लामको सेमिफाइनलमा स्थान बनाएका थिए । जोकोभिच यानिक सिनरमाथि पुनरागमनमा ५–७,२–६,६–३,६–२,६२ को जित सहित ११ औं पटक विम्बल्डनको सेमिफाइनल प्रवेश गरेका थिए । विम्बल्डनमा उनको यो लगातार २६औं जित हो । उनी २१औं ग्रान्ड स्लामको खोजीमा छन् ।