उदयपुरमा चट्याङ लागेर एक युवकको ज्यान गयो

बुधबार, असार २२, २०७९

उदयपुर । वर्षासँगैको चट्याङले उदयपुरमा एक युवकको ज्यान गएको छ । चौदण्डीगढी नगरपालिका(५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मंगलबार ज्यान गएको हो । चट्याङबाट घाइते भएका चौधरीलाई उपचारका लािग सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । खेतबारीमा काम गरि रहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर उनी घाइते भएका  थिए ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  ०८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार