मिटरब्याजी रामदेव साहलाई कारवाहीको माग गर्दै जिल्ला अदालतअघि प्रदर्शन

मंगलबार, असार २१, २०७९
मयुर प्लाई

सप्तरी । मिटर ब्याजी रामदेव साहलाई कारवाही गर्न माग गर्दै पीडितहरूले मंगलबार सप्तरी जिल्ला अदालत आगाडि प्रदर्शन गरेका छन् । मिटरब्याजी साह पीडित संघर्ष समितिको आह्वानमा दोस्रो पटक तीन घण्टादेखि प्रदर्शन गरेको हो । गाउँगाउँबाट आएका पीडितहरूले र्याली निकालेर नाराबाजी गर्दै बजार परिक्रमा गरेर सप्तरी जिल्ला अदालत आगाडि प्रदर्शन गरिरहेका छन् ।
सप्तरीको खडक नगरपालिका(७ घर भई धरान बस्दै आएका साह करोडौं रकम ठगी गरि फरार छन् । अहिलेसम्म उनलाई  प्रहरीले पक्राउ गर्न सकेको छैन । 
यसअघि मिटरब्याजी रामदेव साहलाई पक्राउ गरी कार्वाही गर्न  आईतबार अदालत अगाडि प्रदर्शन गरेका थिए ।

पसलमा लुकाएको पेस्तोल र गोलीसहित  हरिवनका एकजना पक्राउ

प्रहरीले पसलमा लुकाइराखेको पेस्तोल र गोलीसहित एक पुरुषलाई पक्राउ गरेको छ । मंगलवार बिहान पसलमा लुकाई राखेको एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने एक राउन्ड गोलीसहित हरिवन नगरपालिका(११, बस्ने ४३ वर्षका छोटेलाल दास पक्राउ परेका हुन् ।

दासलाई सुराकीको आधारमा अवैध हतियारसहित पक्राउ गरिएको हरिवनस्थित इलाका प्रहरी कार्यलयले जनाएको हो । दासले हरिवन बजारमा किराना पसल सञ्चालन गर्दै आएका थिए । उन्ले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा उक्त हतियार र गोली बरामद भएको थियो ।

पेस्तोल र गोलीसहित पक्राउ परेका दासलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।  

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  २०:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार