सही सूचनाको खोजी गरी समाचार लेख्न महासङ्घको सुझाव

  सूचना माग्दा अप्ठ्यारो भए ललितपुर महासंघलाई गुहार्न आह्वान 
मंगलबार, असार २१, २०७९

ललितपुर । ललितपुरका पत्रकारलाई मंगलबार सूचनाको हक तथा सूचनाको खोजीका विषयमा नेपाल पत्रकार महासंघका पदाधिकारीले प्रशिक्षत गराएका छन् । पत्रकार महासङ्घ केन्द्रीय कार्यालय तथा राष्ट्रिय सूचना आयोग काठमाडौँको संयुक्त आयोजनामा मंगलबार लगनखेलमा आयोजित ‘सूचनाको हकसम्बन्धी अन्तरक्रिया’मा सहभागी पत्रकारिता क्षेत्रमा भर्खरै प्रवेश गरेका पत्रकारदेखि बरिष्ठ पत्रकारसम्मलाई सूचनाको खोजीमा लागेर जनतालाई सूसुचित गराउन पुलको काम गर्न महासंघ पदाधिकारीले आह्वान गरे ।  
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले मुलुकका सरकारी संयन्त्रहरुबाट सूचना लुकाउने काम भइरहेको बताउँदै यस्तोमा सूचनाको हकको उपयोग गरी सूचना मागेर सार्वजनिक गर्नुपर्ने सुझाव दिए । अहिले तल्लो तहको स्थानीय सरकारले पनि सूचना लुकाउने गरेका छन महासचिव पुरीले भने, यस्तोमा झन हाम्रो काम बढी हुन्छ । सही सूचनाको खोजी गरी खोजी पत्रकारिता गर्नुपर्छ ।’  उनले सूचना लुकाउने प्रवृतिको अन्त्य गराउन महाङ्घका साथै नागरिक पनि लाग्नुपर्ने सुझाव दिए । 

bishwa21657027264.jpg
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ ललितपुरका अध्यक्ष सागर न्यौपानेले सूचनाको हक सम्बन्धी ऐनले तोकेबमोजिम माग्न पाउने सूचना जोकोही व्यक्ति वञ्चित भएमा आफूहरुलाई तत्काल सम्पर्क गर्न आग्रह गरे । उनले सरकारी निकायहरुले गरेका काम जनहितकारी हुन्छ वा हुँदैन सो कुरा पत्ता लगाउन विभिन्न जानकारी बाहिर आउन जरुरी भएको बताए । उनले भने, “पत्रकारका लागि सूचना माग्ने र पाउने हक सबैभन्दा ठूलो कार्य रहेकाले कसैलाई सूचना दिने र कसैलाई नदिने प्रवृति मुलुकमा व्यापक रहेकाले सबैले सम्मान रुपमा पाउनुपर्छ ।” 
सम्बन्धीत व्यक्तिले सूचना पाउने वातावरण बनाउन महासङ्घले सहकार्य गरीदिने उनको भनाइ छ । 
यसैगरी महासंघ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीले सूचनाको हक सम्बन्धी कार्यक्रम मात्र पत्रकारिता गरेको व्यक्तिका लागि मात्रै सिमित नगराएर गाउँ गाउँका नागरिकबीच सो कुराको जानकारी गराउनुपर्ने औँल्याए ।  
महासङ्घ केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकार वा आम नगरिकले राष्ट्रिय सुरक्षा खलबलाउने बाहेकका ऐनले तोकेको सूचना माग्न पाउने हक भएको जानकारी गराउँदै समाचार लेख्नमा प्रकृयागत रुपबाट अघि बढ्दा कसैले पनि हकबाट पर रहन नहुने जिकीर गरे ।  
महासङ्घ केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेलले पत्रकारले सूचना लिएर जनतामाझ पु¥याउने पुलको काम गर्ने भएका बताउँदै सो व्यक्तिले पाउनुपर्ने सूचना नपाएमा सदैव महासङ्घको ढोका ढकढकाउन आग्रह गर्नुभयो । 
महासङ्घ अर्का केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले स्थानीय तहहरुले सूचना माग्दा नदिने गरेका गुनासो सुन्दै आएको सुनाउँदै सो निकायमा सूचनाको हकसम्बन्धी ज्ञान छर्न अतिनै जरुरी भएको आवश्यकता औल्याए । 
कार्यक्रममा शब्दपाटी डटकममा प्रधानसम्पादक विश्वराज खनालले सरकारी तथा सार्वजनिक संस्थाहरुले नागरिकले मागेको खण्डमा सूचना दिनुपर्ने वाध्यात्मक व्यवस्था गरेको स्मरण गराउँदै सूचना नदिने अधिकारीमाथि दण्ड तथा जरिवानाको व्यवस्था भएको अवतग गराए । 
उनले अहिले आफूलाई फाइदा पुग्ने मात्रै सूचना दिने प्रवृति मौलाउँदै गएको बताउँदै यस्तोमा पत्रकार चनाखो हुनुपर्ने सुझा दिए । पत्रकार महासंघ ललितपुरका सचिव रामहरि कार्कीले सञ्चलान गरेको कार्यक्रममा ललितपुरलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १९:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार