राष्ट्रपतिद्वारा विश्व ब्याडमिन्टन दिवसमा शुभकामना

मंगलबार, असार २१, २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो विश्व ब्याडमिन्टन दिवसको अवसरमा सबैलाई शुभकामना प्रदान गरेका  छन्  । पहिलोपटक विश्व ब्याडमिन्टन दिवस मनाएका काठमाडौँ जिल्ला ब्याडमिन्टन सङ्घ केडीबीएका अध्यक्ष एवं काठमाडौँ ब्याडमिन्टन एकेडेमी केबीएका सचिव दीपक थापालगायतको टोलीले आज शीतल निवासमा भेट गर्ने क्रममा राष्ट्रपति भण्डारीले नेपाली ब्याडमिन्टन जगत्मा महत्वपूर्ण योगदान गरेका व्यक्ति तथा भविष्यमा नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा फैलाउन सक्ने प्रतिभावान खेलाडीसँग प्रथम विश्व ब्याडमिन्टन दिवस मनाउन पाउँदा खुुसी लागेको बताइन्  
। 
    उनले ब्याडमिन्टन खेल युवा पुस्तामामात्रै होइन, बालबालिकादेखि ८० वर्षे पाका उमेरसम्म पनि लोकप्रिय रहेको बताइन्  । राष्ट्रपति भण्डारीले भनिन् , “ब्याडमिन्टनले खेलको विकास मात्रै गर्दैन, मान्छेमा मानसिक र शारीरिक विकास पनि ल्याउँछ, जसले व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।”   यसैगरी काठमाडौँ जिल्ला ब्याडमिन्टन सङ्घ केडीबीएका अध्यक्ष एवं काठमाडौँ ब्याडमिन्टन एकेडेमी केबीएका सचिव दीपक थापाले मानसिक तथा शारीरिक विकासमा ब्याडमिन्टनले टेवा पु¥याउने भन्दै केबीएले खेलाडी उत्पादनमा सहयोग गरिरहेको बताए  । उनले विश्वकै लोकप्रिय खेल ब्याडमिन्टनको प्रतिस्पर्धा सुरु भएको आठ दशकभन्दा बढी भइसकेको र नेपालमा पनि ब्याडमिन्टन प्रतियोगिता प्रारम्भ भएको करिब सात दशक नाघिसकेको बताइन्  ।      कार्यक्रममा काठमाडौँ एकेडेमी केबीएकी अध्यक्ष रीता विष्टले राष्ट्रपति भण्डारीलाई मायाको चिनो प्रदान गरेका  थिए । विश्व ब्याडमिन्टन महासङ्घ बीडब्लुएफले पहिलोपल्ट विश्व ब्याडमिन्टन दिवस आजकै दिन अर्थात् जुलाई ५ मा मनाउने घोषणा गरेको थियो ।  रासस 
 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार