भलिबल प्रशिक्षक चन्दकाे सम्मान र बिदाई

मंगलबार, असार २१, २०७९

काठमाडौं  ।  राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागअन्तर्गत कार्यरत नायब वरिष्ठ भलिबल प्रशिक्षक जयन्द्रबहादुर चन्दलाई विभागका निर्देशक अर्जुन बि कले सम्मान गर्दै बिदाई गरेका छन् । चन्दलाई पूर्वनिर्देशक एवं वरिष्ठ भलिबल प्रशिक्षक हरिहर श्रेष्ठले सम्मान पत्र प्रदान गरे । सो अवसरमा अर्का पूर्वनिर्देंशक पार्थ सारथी सेन गुप्तको पनि उपस्थिति थियो ।१ आश्विन ०५२ मा राष्ट्रिय खेलकुद परिषद्मा भलिबल सहायक प्रशिक्षकको रुपमा सेवा प्रवेश गरेका चन्दले उमेर हदका कारण आजबाट अनिवार्य अवकास प्राप्त गरेका हुन् । बिदाई कार्यक्रममा विभाग अन्तर्गतका उपनिर्देशक, प्रशिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार