कप्तान रेनुका कम्तिमा १० साता मैदान बाहिर रहने

मंगलबार, असार २१, २०७९

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी कम्तिमा १० हप्ता मैदानबाट बाहिरिने भएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार कप्तान रेनुका कम्तिमा १० महिना मैदानबाट बाहिरिने जनाएको हो ।१९औं एसियन गेम्सको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टिमकी कप्तान रेनुकाको सोमबार प्रशिक्षणका क्रममा घाँटीमा चोट लागेको थियो । सोमबाररै सातदाबोटोस्थित बी एन्ड बी अस्पतालमा भर्ना गरिएकी रेनुकाको सोही दिन राति शल्यक्रिया भएको थियो ।यसअघि मंगलबार एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्षद्वय दावा लामा र दीपक खतिवडासँगै महासचिव किरण राईले रेनुकालाई अस्पतालमै भेटेका थिए ।

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार