बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

मंगलबार, असार २१, २०७९
मयुर प्लाई

काठमाडौं ।  काठमाडौंको बालाजुमा आज बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार व्यक्ति घाईते भएका छन् । मृत्यु हुनेमा काठमाडौंको लोलाङका २२ वर्षीय सविन परियार रहेका छन् । घाईते परियारको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा बिहान करिब पौने ६ बजे मृत्यु भएको हो ।  घाईते भएका काठमाडौंको ईन्द्रचोकका अन्दाजी २२ बर्षकै निरज महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ । सोह्रखुट्टेबाट बालाजु तर्फ जाँदै गरेको बागमति प्रदेश ०२–०२३ प ३७७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई आज बिहान ५ बजे सडक छेउको बिजुलिको पोलमा ठोकिएको प्रहरी वृत्त लैनचौरले जनाएको छ । 

 


 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १५:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार