रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु 

आइतबार, असार १९, २०७९

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित दश नम्बर चोकमा गएराती स्कुटर दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय तुलसी पाठक रहेका छन् । गएराती पौने १२ बजे लु ७९ प ५४९१ नम्बरको स्कुटर पल्टिदा गम्भीर घाइते भएका पाठकको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १३:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार