जिल्लास्तरीय रनिङ शिल्डको उपाधि बेसीसहरलाई

आइतबार, असार १९, २०७९
Global Ime Bank

लमजुङ  । १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले हात पारेको छ ।१६ देखि १७ असारसम्म सुन्दरबजार नगरपालिकाको कृषि क्याम्पसमा भएको प्रतियोगितामा २९ पदक हात पार्दै बेसीसहर नगरपालिका उपाधि जित्न सफल भएको हो । 

बेसीसहर नगरपालिकाले ११ स्वर्ण, ९ रजत र ९ कांस्य जितेको छ । यस्तै ११ स्वर्ण, ६ रजत र १० कांस्यसहित राइनस नगरपालिका दोस्रो भएको छ भने ८ स्वर्ण, १० रजत र १३ कांस्य सहित सुन्दरबजार नगरपालका तेस्रो भएको छ ।१६ गतेबाट सुरु भएको प्रतियोगितामा एथलेटिक्स अन्तर्गत एक सय, दुई सय, तीन सय, चार सय, आठ सय, १५ सय र ३ हजार मिटर दौड, भलिभल, कराँते, हाईजम्प, लङजम्प त्रिपलजम्प, सटफूटलगायतका विभिन्न विधिका खेल छात्रछात्रा दुर्वतर्फ खेलाइएको जिल्ला खेलकुद लमजुङका अध्यक्ष योगबहादुर गुरुङले बताए । प्रतियोगितामा पाँचा पालिकाको सहभागिता थियो ।

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १३:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार