गोदावरी साहित्य परिषदको चौथो वार्षिक साधारणसभा सम्पन्न

अध्यक्षमा पुन : वशिष्ठ अधिकारी
शनिबार, असार १८, २०७९

ललितपुर । गोदावरी नगरपालिकाभित्र रहेका साहित्यिक श्रस्टाहरुलाई एकत्रित गर्दै कला, साहित्य र ललितकलाको विकासमा काम गर्दै आईरहेको गोदावरी साहित्य परिषदको चौथो वार्षिक साधारणसभा तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ। शनिबार गोदावरी नगरपालिकाको हलमा आयोजित साधारण सभाले पुन: वशिष्ठ अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ।  290804459_338144468348128_6000936516802381438_n1656769475.jpg

परिषदको नयाँ कार्यसमितिको उपाध्यक्षमा अनिल महर्जन, सचिवमा नवराज संजेल, सहसचिवमा अस्वस्थामा अर्याल र कोषाध्यक्षमा शर्मिला दाहाल चयन भएका छन् भने सदस्यहरुमा जनार्दन पौडेल, राजकुमार श्रेष्ठ, उषा केसी(सिलवाल), वासुदेव श्रेष्ठ, शान्ति डंगोल र शिव घिमिरे रहेका निर्वाचन समितिका संयोजक गोपाल संजेलले जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले स्थानीय श्रस्टा तथा साहित्यिक सर्जकहरुको सिर्जना र रचनाको सम्मान गर्दै साहित्य परिषद अगाडी बढेको र केही व्यक्तित्त्वहरुका रचनाहरु प्रकाशित समेत गरेको जानकारी दिए। परिषदलाई नियमित रुपमा गोदावारे नगरपालिकाले अपनात्त्व लिएर सहयोग गर्दै आएको भन्दै उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गोदावरी साहित्य मोहाेत्सव आयोजना गर्ने विषय समावेश गरेको जानकारी गराए।

परिषदको सहसंरक्षक समेत रहेकी गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले साहित्य आफ्नो पनि रुचिको विषय रहेको भन्दै गोदावरी साहित्य परिषदले नगरभित्र रहेका प्रतिभालाई बाहिर ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताईन। स्थानीय सरकारको सफलतामा साहित्य परिषदको पनि योगदान रहेको र परिषद नगरपालिकाको पहिचान झल्काउने एक माध्यम रहेको अधिकारीको भनाई छ। उनले भनिन्,’साहित्यिक संस्थालाई नगरपालिकाले अपनत्त्व ग्रहण गर्दै स्थानीय सरकारको अधिकार क्षेत्र भित्र पर्ने २ वटा अधिकार मध्ये स्थानीय कला संस्कृतिको प्रवर्धन र ललितकलाको विकास पनि पर्ने भएकाले आगामी दिनमा नगरपालिकाको आफ्नै प्रज्ञा प्रतिष्ठानको स्थापनाको लागि म मेयारसाप संग सल्लाह गरेर त्यसको लागि लागिपर्नेछु।’ 

साधारण सभा तथा रचानावाचन कार्यक्रममा श्रष्टाहरु चिरन्जीवी सिग्देल,गोपाल संजेल,श्याम घिमिरे, विमला घिमिरे, हिमरत्न तिमल्सिना, विष्णु थापा, रामप्रसाद घिमिरे(सिकारु राम), कृष्ण दाहाल परेली, शर्मिला दाहाल, शिव घिमिरे, सन्तोष दाहाल, श्रीराम पौडेल, नवराज संजेल, बालमुकुन्द आचार्य लगायतले आफ्नो रचना वाचन गरेका थिए।   290725993_763048804880765_7487079647738537477_n1656769204.jpg

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार