मिनर्जीको सहयोगमा बागमती गाउँपालिका प्युटारमा सौर्य सिँचाई आयोजना सुरु हुँदै 

शनिबार, असार १८, २०७९

ललितपुर । दक्षिण ललितपुरको बागमती गाउँपालिका–४ प्युटारमा सौर्य सिँचाई आयोजना सुरु हुने भएको छ ।मिनर्जीको सहयोगमा निर्माण सम्पन्न हुने उक्त आयोजनामार्फत वडाका ५५ घर परिवारका ३०० रोपनि जग्गामा सिंचाई सुविधा पुर्‍याइने लक्ष्य राखिएको छ । 
खैरेनीबेसी सौर्य  सिँचाई आयोजनामार्फत प्युटारका सुख्खा जमिनमा सिँचाई सुविधा पुर्‍याउन लागिएको हो । सैर्य सिँचाई आयोजना सम्पन्न भएपछि किसानको आयस्तर बढ्नुको साथै कृषि पेसामा लाग्ने किसानलाई  खेति गर्न निकै सजिलो हुने बागमती गाउँपालिका वडानं ४ का वडाअध्यक्ष रामकुमार लामाले शब्दपाटीलाई बताए । बागमती नदीबाट ११२ मिटरमाथि सौर्य ऊर्जा प्रयोग गरी पानी लिप्ट गरी सिँचाइ आयोजना सञ्चालन गरिने छ ।

Bir1656146831.jpgयो कार्यका लागि कुल लागतमा बागमती गाउँपालिकाले २० प्रतिशत र बाँकी ८० प्रतिशत मिनर्जी संस्थाले ब्योहर्ने गरी सम्झौता भइसकेको छ । आयोजना आगामी ७ महिना भित्र निर्माण सम्पन्न हुने गरी फिल्ड सर्भे समेत भई सकेकाले  छिट्टै काम सम्पन्न हुने बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । पानीको समस्या भोगेका प्युटारका किसानहरूलाई लिप्ट बिधिबाट बागमतीको पानी ल्याएर सिँचाई गर्नका लागि आफूहरु लागि परेको अध्यक्ष लोप्चनले बताए । 

291088550_715370286398538_2377760666900404789_n1656751717.jpg
सौर्य सिँचाई भएकाले खर्च कम लाग्ने बताउँदै उनले यो आयोजना सम्पन्न भएपछि किसानलाई निकै राहत पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष लोप्चनले भने, ‘पालिकाले प्युटारमा तरकारी संकलन केँन्द्र र हाटबजारको ब्यबस्थापन गरी सकेका छ । यी दुबै आयोजना छिटै सञ्चालन गरी यहाँ उत्पादित तरकारी काठमाडौ लैजाने वातावरण बनाउन पालिका क्रियाशील छ ।'

290915031_386073523505405_8313971142823242276_n1656751753.jpg

 

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १४:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार