बाघको आक्रमणबाट एक महिला घाइते

शनिबार, असार १८, २०७९

चितवन । बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार