जिप दुर्घटनामा चालकको मृत्यु

शुक्रबार, असार १७, २०७९

जाजरकोट । डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज जिप दुर्घटना चालकको मृत्यु भएको छ ।  सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिनुभयो । चालक डाँगी डाँडीबागाका बासिन्दा हुन् । 

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १२:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार