सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक भारतीले किशोरकिशोरीमा सामाजिक सञ्चालको प्रयोगका कारण ललितपुरमा अपराधका घटना बढिरहेको बताएका छन् । मुलुकमा भित्रिएको कारोना महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण मोवाइलको प्रयोग गरी अध्ययन लगायत पठनपाठनको क्रियाकलाप अघि बढाउँदा सो किसिमका घटना अघि बढेको सुनाए । अनौपचारीक सेवा केन्द्र (इन्सेक) ललितपुरले आयोजना गरेको ‘जिल्लाको मानव अधिकार अवस्था’ विषयक कार्यक्रममा आज उनले ललितपुरका किशोरकिशोरी इन्टरनेटको पहुँचका कारण जबर्जस्ती करणी अर्थात बलात्कार, यौन दुव्र्यवहार, हिंसा तथा हत्या लगायतका अपराधका घटनामा मुछिएका भनाइ राखे । उनले भने, “हामीले ललितपुरमा मानव अधिकार रक्षाका लागि दुई देखि चार पाङग्रे सवारीसाधन प्रयोग गरी ठूलो आवाज बनाएर आवतजावत गर्ने व्यक्तिलाई कानुनी कारवाहीको दायरामा ल्याउने गरेका छौं ।”
जिल्ला न्यायाधीवक्ता सुशीला ज्ञवालीले ललितपुरमा बालीका पीडित हुनु कानुनी शिक्षाको अभाव भएको गुनासो गरे । जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले सो जिल्लामा मानव अधिकार रक्षाका लागि इन्सेकले तयार पारेको पुस्तका ललितपुरका प्रत्येक विद्यालयमा पु¥याइने बताए । उनले भने, “जिल्लामा रहेका कुनै पनि सरकारी वा गैर सरकारी संस्थाले जसले मनोसामाजिक परामर्शको कार्यक्रम जसले गर्न सक्छ त्यसतर्फ मध्यनजर गर्नेछौं । उपप्रमुख रामलाल थिङ्ले मुलुकमा प्रचलित संस्कार र संस्कृतिको वेवास्ता बढिरहेको बताउँदै त्यसैका कारण वैदेशीक रोजगारीमा गएका महिला पुरुषबीच फाटो आउँनाका साथै मादक पदार्थ सेवन गरी हिंसा गर्ने क्रम देखिएको भनाइ राखे । वागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामी मगरले समाजमा अपराध न्यूनिकरण गर्न प्रहरीलगायत सम्बन्धित निकाय मात्रै जागरुक नभएर व्यक्ति स्वयंम सचेत हुनुपर्ने सुझाव दिए । गैरसरकारी महासंघ ललितपुरका अध्यक्ष नरेन्द्र डंगोलले ललितपुरको कर्णाली मानिने दक्षिण ललितपुरमा भने बलात्कारका घटना ज्यादा रहेको बताउँदै के कारणले सो हुन पुग्यो ध्यान दिन अनुरोध गरे । संस्थाका केन्द्रीय सदस्य टिकाराम दाहालले समाजबाट अपराध घटाउन नैतिक शिक्षा अघि बढाउन जरुरी रहेको सुझाव दिए । सो संस्थाका सचिव नन्दा ताम्राकारले समाजमा बढिरहेका अपराधका कारण सिर्जना भएको मानसिक स्वास्थ्यका समस्यामा सम्बन्धीत निकायले कहिल्यै सम्बोधन नगरेको दुखेसो गरे । कार्यक्रममा इन्सेक ललितपुरका प्रतिनिधि दिपक घिमिरेले ललितपुरमा १८ वटा बलात्कार तथा ११ ज्यान मार्ने प्रयास हुनुका साथै ६ बहुबिबाह भएका तथ्याङ्क सार्वजनिक गरे ।