काठमाडौंको बाउन्नेपाटीमा पहिरोका कारण आवागमन प्रभावित 

बिहीबार, असार १६, २०७९

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–२ बाउन्नेपाटीमा पहिरो झरेका कारण गएरातीबाट ठुला सवारी साधनको आवागमन प्रभावित भएको छ । बर्षाको कारण अन्दाजी १० मिटर सडक माथिबाट खसेको पहिरोका कारण साँखु–मेलम्चि सडकखण्डको उक्त स्थानमा ठुला सवारी साधन सञ्चालनमा समस्या भएको हो । 

साना सवारी साधनलाई पनि एक लेनमा आलोपालो चलाइएको छ । 

गएराती १० बजे पछि अवरुद्ध सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरी चौकी नाङलेभारेले जनाएको छ ।  

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १०:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार