चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा चार जनाको मृत्यु

बुधबार, असार १५, २०७९

काठमाडौं । पर्सा, बागलुङ, धादिङ र बाँकेमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ औराहा रेन्ज बस्ने ३२ वर्षीय हरेन्द्र दास थारुको सोही ठाउँस्थित खेतमा काम गर्ने क्रममा चट्याङ लागेर मंगलबार मृत्यु भएको छ ।  बागलुङको काठेखोला गाउँपालिका–४ तग्राम फापरखेत बस्ने २८ वर्षीया सुस्मा पुनको आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार राति मृत्यु भएको छ ।  

चट्याङ लागेर अशक्त भएकी उनको धवलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।  धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ बेलगाउँ बस्ने ४२ वर्षीय लिलामान कुमालको आफ्नै गोठमा गाईलाई घाँस हाल्न जाँदा चट्याङ लागेर मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ नारायणपुर बस्ने सुनिता थारुको छोरा ७ वर्षीय अभिषेक थारुको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको छ । आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ परी घाइते भएका उनको नर्सिङहोम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।     
 

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १६:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार