भक्तपुरको एक रिसोर्टमा २१ वर्षीया महिला बलात्कृत 

मंगलबार, असार १४, २०७९

भक्तपुर ।भक्तपुरमा २१ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा ती महिलालाई  मनिषले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार