पहिरोले डुम्रे-बेंसीशहर सडकखण्ड अवरुद्ध

मंगलबार, असार १४, २०७९

लमजुङ ।सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको  पहिरोले डुम्रे-बेंसीशहर सडकखण्डअन्तर्गत उदिपुरखण्ड अवरुद्ध भएको छ । डुम्रे-बेंसीशहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुर नजिकै देउराली डाडाको पहिरोले  सडक अवरुद्ध भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए । 

उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिरोले अवरुद्ध  सडकका कारण वैकल्पिक रूपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा पहिरोले ढुङ्गा माटोसहित अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्प भएको छ । सडकअवरुद्ध भएपछि काठमाडौँ, पोखरा, चितवनतर्फ  जाने र  बेंसीशहरतर्फ आउने सवारी साधन चल्न सकेका छैनन् ।

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  ११:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार