अखिल क्रान्तिकारीको महासचिवमा विक

मंगलबार, असार १४, २०७९

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) महासचिवमा ललित विक निर्वाचित भएका छन् ।

अखिलको चौँथो पूर्ण बैठकले विकलाई महासचिवको जिम्मेवारी दिएको हो । प्रकाश जप्रेल सचिव र प्रतिमा चौधरी कोषाध्यक्षमा चयन भएका छन् । नवनियुक्त महासचिव विकले आमनागरिकका मुद्दासँग जोडिएर अखिल क्रान्तिकारीले आन्दोलन गर्दै आएको बताए । अखिलले शिक्षा र स्वास्थ्यमा गरिएको व्यापारीकरणविरुद्ध संघर्ष केन्द्रित गर्ने निर्णय पनि गरेको काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १०:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार