सप्तरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु 

सोमबार, असार १३, २०७९

सप्तरी ।  सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कबिलासामा गएराती जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका–४ भुतहीका ५० वर्षीय रघुबिर रामको मृत्यु भएको हो । पैदल हिडिरहेका उनलाई गएराती पौने १२ बजे बा १८ च ९३९० नम्बरको जिप पछाडी सार्ने क्रममा ठक्कर दिएको थियो । जिपको ठक्करबाट उनको टनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सहित चालकलाई ईलाका प्रहरी कार्यालय पातोले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार