प्रेम आलेले दिए राजीनामा 

आइतबार, असार १२, २०७९

काठमाडौं । राजीनामाका लागि दबाब बढ्दै गएका बेला संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिएका छन् । संसद् बैठकबाट बाहिरिनेक्रममा आज सञ्चारकर्मीसँग उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामापत्र बुझाएको जानकारी दिए । नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा रहेका अरू मन्त्रीहरूले राजीनामा दिएरनदिएको बारे भने आफूलाई जानकारी नभएको उनले बताए । ‘अरू मन्त्रीहरूको मलाई थाहा छैन । उहाँहरूलाई नै सोध्नुहोला । मैलेचाहिँ राजीनामा दिइसकेँ,’ उनले भने । पार्टीको पोलिटब्युरो कमिटीको बैठकमा आफूले ४८ घण्टाभित्र राजीनामा दिने बताएको र सोहीअनुसार राजीनामा दिएको उनको भनाइ छ ।
उनले आफूले पाएको समयमा राम्रो काम गरेको समेत दाबी गरे । “पार्टीले जे निर्णय गरेको छ, त्यो स्वीकार्य छ । बजेट सेसन चलिरहेको अवस्थामा मन्त्रीहरूले जवाफ दिएर मात्रै फिर्ता हुने भन्ने कुरा चलिरहेको छ,” उनले भने, “त्यसले गर्दा केही लम्बिएको छ । जति समय पाएँ, म गौरवका साथ भन्न सक्छु– मैले राम्रो काम गरेँ ।”
एकीकृत समाजवादीबाट सरकारमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसन श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भने यो समाचार तयार पार्दसम्म राजीनामा दिएका छैनन् ।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १५:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार