कृषि र पर्यटनलाई प्राथमिकता दिएकाे कोन्ज्योसोमकाे बजेट ४७ करोड 

शुक्रबार, असार १०, २०७९

ललितपुर   । कोन्ज्योसोम गाउँपालिकाको  दशौँ अधिवेशनले आर्थिक वर्ष २०७९ ∕०८० को लागि निती तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष कृष्णमान लामाले भौतिक पूर्वाधार सडक, भवनहरु  अघिल्लो  कार्यकालमा  सम्पन्न  नभएका कामलाई प्राथामिकता राखेर काम गर्ने बताए । त्यस्तै गरी उनले सञ्चालनमा रहेका पुलको मर्मत गर्ने गाउँपालिका भित्र रहेका ऐलानी, पर्ति जग्गाको लगत अभिलेखीकरण गर्ने बताउँदै जनताको जीवनस्तर उठाउन कृषि तथा पर्यटन प्रर्वद्घन गर्न दलचोकी चौघरेमा होमस्टे रेस्टुरेन्ट र भ्यु टावर निमार्ण  गने बताए ।

उनले  सामुदायिक विद्यालयको  शैक्षिक गुणस्तर उकास्न शिक्षक तथा नर्सलाई आवस्यक तालिमको व्यवस्था मिलाउने सभामा उनले सबै राजनैतिक दल, बुद्धिजीवीको सरसल्लाह अनुसार नीति तथा कार्यक्रम बनाएको बताए ।

289051368_595192388578606_4444927115013011033_n1656090015.jpgउनले भने समृद्घ गाउँपालिका बनाउन सबैको सहयोग  चाहिने बताए । गाउँपालिका भित्र हुने अव्यवस्थित मदिरा उत्पादन बेचबिखनलाई  व्यवस्थापन गर्न कार्यविधी बनाएर  अघि बढ्ने बताए । उनले भने  पर्यटन तथा संस्कृति  भाषा  कला साहित्यको लागि आवस्यक संयन्त्र बनाई अगाडि बढ्ने बताए । 286443939_1169577290546863_7642873167267863709_n (1)1656089715.jpg

 गाउँपालिका उपाध्यक्ष राजन घिमिरेले आर्थिक वर्ष २०७९ ∕०८० कुल बजेट ४७ करोड भएको जानकारी गराउँदै प्रत्येक वडामा ५० लाख विनियोजन भएको बताए ।   संसद नवराज सिल्वालले स्थानीय तहको विकास मोटर बाटो बनाएर मात्र  नहुने  बताउँदै  जनताको जीवनस्तर उठाउने  काम गर्नु पर्नेमा जोड दिए  उनले भने स्थानीय तह भनेको गाउँको सरकार भएकाले  जनताको आवस्यकता अनुसार बजेट विनियोजन गर्नुपर्ने बताए ।  सामुदायिक विद्यालयमा भवन मात्र भएको शिक्षाको गुणस्तर नभएकाले यस तर्फ जनप्रतिनिधिको ध्यान जानुपर्ने बताए । दलचोकीलाई पर्यटकीय स्थल बनाउन  आग्रह गर्दै आपनो तर्फ बाट पनि सहयोग गर्ने बताए । 

 287858910_767517204261117_2409919502043061532_n1656090312.jpg

बागमती प्रदेश संसद चेतनाथ संञ्जेलले  लेले चन्दनपुरको मोटरबाटोलाई बहुवर्षिय योजनामा राख्नु पर्ने बताउँदै उनले कोन्ज्योसोम गाउँपालिकामा पर्यटनको धेरै सम्भावना रहेकाले यस तर्पm बढी  केन्द्रित भएर अगाडी बढ्न सुझाव दिए । नेपालमा धेरै जनआन्दोलन भए अब जनताको जीवनस्थर उकास्ने खालको जनताको आर्थिक विकास गर्ने किसिमको आन्दोलन आवस्यक रहेको बताए ।  कोन्ज्योसोम गाउँपालिकाको निर्वतमान उपाध्यक्ष मिङ्मा लामाले अहिले सम्म पनि गाउँपालिकामा लैगिंक हिंसा अन्त्य नभएको बताइन्  । उनले भनिन् यसको  अन्त्य गर्न गाउँमा न्यायिक समिति गठन गरेर अगाडी बढ्नु पर्छ ।     


 

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २२:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार