सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुरको कोन्ज्योसोम २ शंखुका दुई युवकहरु बाबु ब्लोन र झलक ब्लोन किरा खाँदा बेहोस भएका छन् । उनीहरुले यार्सागुम्बा जस्तै देखिने किरा खाँदा बेहोस भएको स्थानीयले बताएका छन्।उनीहरुले बाँस काटदा बाँसमा भेटिएको उक्त किरा यार्सागुम्बा जस्तै देखिने हुँदा यार्सागुम्बा सोचेर खाएको बताएका छन् । किरा खाएको २ घण्टा पछि टाउको दुखेर अचेत भए पछि उपचारको लागि पाटन अस्पताल ल्याइएको छ। अहिले उनीहरुको उपचार भईरहेको छ ।