सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङले शपथ ग्रहण गरेका छन् । नेम्वाङसहितको नयाँ कार्यसमितिलाई बुधबार एन्फा मुख्यालयमा निर्वाचन समितिले शपथ ग्रहण गराएको हो ।
असार ६ गते भएको एन्फाको निर्वाचनबाट अध्यक्षमा नेम्वाङसहित अधिकांश उनकै प्यानलका उम्मेदवार विजयी भएका थिए । पार्क भिलेजमा भएको निर्वाचनमा नेम्वाङले ४५ मत प्राप्त गर्दा शेर्पा ३९ मतमा सीमित भएका थिए ।
सोमबार भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षमा विराटजंग शाही, दीपक खतिवडा, दावा लामा र दीर्घबहादुर केसी विजयी भएका थिए ।
यस्तै, सदस्यहरूमा रवीन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विजय नारायण श्रेष्ठ, रमेश व्यञ्जनकार, भरत बुढथापा, टिकाराम लामा, मणिराज विष्ट, मनिष जोशी, विजयी भएका थिए ।
बाँकी दुई सदस्यमा भने चार उम्मेदवारको मत बराबर आएपछि एन्फाको विधानअनुसार सोमबारै पुनः निर्वाचन गर्न सम्भव नहुने भएपछि बाँकी दुई सदस्यको विशेष साधारण सभा आह्वान गरेर टुङ्गो लगाउनु पर्ने भएको थियो । जसअनुसार दुई सदस्यको चयनका लागि अहिले नयाँ कार्यसमितिको बैठक बस्दैछ ।
किरण महासचिव, रवीन्द्र कोषाध्यक्ष
नवनिर्वाचित अध्यक्ष पंकजको अध्यक्षतामा बसेको एन्फा कार्यसमितिको पहिलो बैठकले महासचिव र कोषाध्यक्ष मनोनीत गरेको छ ।
बुधबार बसेको एन्फाको यस कार्यसमिति बैठकले महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरेको हो ।
राई अघिल्लो कार्यकालमा एन्फाको प्रवक्ता थिए भने रवीन्द्र कोषाध्यक्षमा दोहोरिएका हुन् ।
सोमबार भएको एन्फाको चुनावी साधारण सभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका हुन् ।