किराँत-राई खेलकुद संघको राष्ट्रिय सम्मेलन खोटाङमा हुने 

मंगलबार, असार ७, २०७९
Global Ime Bank

खोटाङ ।  किराँत-राई खेलकुद संघ केन्द्रीय समितिको तेस्रो राष्ट्रिय सम्मेलन खोटाङमा हुने भएको छ । किराँत-राई खेलकुद संघ खोटाङको संयोजन र व्यवस्थापनमा असार २१ र २२ गते दिक्तेलमा संघको तेस्रो राष्ट्रिय सम्मेलन गर्न लागिएको हो । 

किराँत-राई खेलकुद संघ जिल्ला कार्य समितिले पत्रकार सम्मेलन गर्दै संघको केन्द्रीय समितिको राष्ट्रिय सम्मेलन ऐतिहासिक किरात थाँतथलो (हेत्छाकुप्पा-रैछाकुले) भूमि खोटाङमा आयोजना गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

१३ औं सागमा पदक जित्ने २९ किराँती खेलाडीलाई राष्ट्रिय सम्मेलनको अवसरमा नगदसहित सम्मान गर्ने तयारी गरिएको किराँत राई खेलकुद संघका केन्द्रीय सदस्य सञ्जयकुमार राईले बताए ।

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार