बहराइनलाई हराए नेपाल सेमिफाइनलमा

सोमबार, असार ६, २०७९
Global Ime Bank

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत सोमबार आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ । मलेसियाको किनरारा ओभलमा हुने तेस्रो खेल बिहान सवा नौ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । यदि बहराइनविरुद्ध जित निकाले नेपाल एक खेल अघिनै सेमिफाइनल पुग्नेछ । लगातार दुई खेल जितेको नेपाल समूह 'बी' मा ४ खेल सहित शीर्ष स्थानमा छ । यस अघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो । 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  ०८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार