गोसाईंकुण्ड पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

शुक्रबार, असार ३, २०७९
Global Ime Bank

रसुवा,  ।  रसुवाको गोसाईंकुण्ड गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । गोसाईंकुण्ड गाउँपालिकाको आयोजनामा आजबाट सदरमुकाम धुन्चेमा पालिकास्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो ।प्रतियोगितामा चार वटा सामुदायिक विद्यालय र दुई वटा निजी विद्यालयका छात्रछात्राहरू सहभागी भएका छन् । प्रतियोगिता ३ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत एथलेटिक्स, भलिबल, कबड्डीलगायतका खेल खेलाइने छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पालिकाभरिका ६ वटा विद्यालयका एक सय ६० जना खेलाडी सहभागी भएको गोसाईंकुण्ड गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार