ताप्लेजुङमा पहिरोले पुरिएर सासुबुहारीको मृत्यु 

शुक्रबार, असार ३, २०७९

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका सासु बुहारीको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै गएराति घर माथिबाट झरेको पहिरोले पुरिएर सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सासुबुहारीको मृत्यु भएको हो ।

सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोका अनुसार पहिरोले पुरिएर सासु तुलसा अधिकारी र बुहारी यसोधा अधिकारीको मृत्यु भएको हो । मृतक दुवैजनाको सव शुक्रबार बिहान स्थानीयले पहिरोले पुरिएको अवस्था फेला पारेका उपाध्यक्ष माबोले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार