ओलम्पिक डेमा मास्टर्स ट्राइयाथलन हुने

बुधबार, असार १, २०७९
Global Ime Bank

काठमाडौं । नेपाल ट्राईयाथलन संघको आयोजनमा ४ असारमा तेश्रो मास्टर्स ट्राइयाथलन हुने भएको छ । संघले ओलम्पिक दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

ठिमीस्थित बोडेमा आयोजा हुने प्रतियोगितामा सय मिटर पौडी, ३.५ किलोमिटर साइईक्लिङ्ग, र एक किलोमिटर दौडको रिले हुने संघका महासचिव युवराज सुनुवारले जनाएका छन् । 

प्रतियोगितामा प्रतिष्ठित व्यक्तिहरूसहित करिब एक सय खेलाडीले सहभागिता जनाउने संघको अपेक्षा रहेको सचिव सुनुवारले बताए ।

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार