घोप्टेभिरमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

बुधबार, असार १, २०७९

मुग्लिन । वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध  भएको छ । चितवनको  इच्छाकामना–४  घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग  दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको  जिल्ला  प्रहरी कार्यालय चितवनले  जनाएको छ । वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार