लमजुङको सुन्दरबजारले शव वाहनको व्यवस्था गर्ने

बुधबार, असार १, २०७९

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाले शव वाहनको व्यवस्था गर्ने भएको छ ।

नगरपालिका प्रमुख कृष्णप्रसाद काइरोलाले नगरभित्र शव वाहन नहुँदा घाटसम्म शव पुर्‍याउन समस्या हुँदै आएकाले वाहन व्यवस्था गर्न लागिएको बताए । 

कोइरालाका अनसार बुधबार बसेको नगरपालिका कार्यपालिका बैठकले नगरपालिकामा रहेको दुई वटा बसमध्ये एउटा बसलाई तत्कालका लागि शव वाहनको रूपमा प्रयोग गर्ने निर्णय गरेको छ । 

त्यसका लागि शव वाहन सञ्चालन सम्बन्धी व्यवस्थाको थप अध्ययन गर्दै कार्यविधि निर्माण गर्ने निर्णय पनि भएको नगरप्रमुख कोइरालाले बताए । 
 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १२:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार